ताप्लेजुङ– ताप्लेजुङ सदरमुकाम स्थित तोक्मेडाँडा
क्षेत्रमा भिषण आगलागी भइरहेको छ। अहिलेसम्म १२
घर जलेर नस्ट भएका छन्। ती घरहरुमा रहेका
कार्यालय तथा दर्जनौं पसलहरु समेत जलेर नस्ट
भएका छन्।
ताप्लेजुङ नगरपालिका ४ तोक्मेडाँडा स्थित मुक्ति
पौडेलको घर जलेर नस्ट भएको छ। उनको घरमा रहेको
शान्ति समितिको कार्यालय पनि खरानी भएको छ।
भरतकुमार श्रेष्ठ, हर्क श्रेष्ठ, साँवा सइलु, डम्बर
श्रेष्ठ, शारदा श्रेष्ठको घर जलेर नस्ट भएका छन्।
निलम न्यौपानेको घर पनि जलेको छ। उनको घरमा रहेको
रेड पान्डा नेटवर्कको कार्यालय तथा जनमुखी कृषि
सहकारी संस्थाको कार्यालय पनि जलेर खरानी भएको
छ।
पूर्वेली होटल एवं भरतकुमार खरेलको घर पनि जलेको
छ। आगलागीमा दर्जनौं पसल जलेका छन्। ताप्लेजुङमा
एउटा दमकल छैन। इलामबाट दमकल आइपुग्न करिब ६
घन्टा लाग्ने गर्छ। आगो निभाउन नेपाली सेना, प्रहरी
तथा स्थानीयबासीले प्रयास गरिरहेका छन्।
दमकल नभएका कारण घर टहरा भत्काएर आगोलाई
नियन्त्रण गर्ने प्रयास भइरहेको छ।
पूर्वेली होटलबाट आगलगी सुरु भएको प्रत्यक्षदर्शीले
जनाएका छन्।
See more
Tuesday, March 24, 2015
आगलागी बाट सयौ घर नष्ट हजारौ बिस्थापित
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment